काठमाण्डौं । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै भारत(चीन व्यापार मार्ग खुलाउने घोषणा गरेको छ। भारतको पिथौरागढका जिल्ला अधिकारी ९डिस्ट्रिक्ट मजिस्ट्रेट० आशिष भटगानीले यो व्यापार मार्ग जुन १ मा पुनः खुला गरिने बताएका हुन्। यो मार्ग पाँच वर्षदेखि बन्द थियो। व्यापार बन्द हुँदा धेरै व्यापारीले ठुलो क्षति बेहोर्नुपरेको उनको भनाइ छ।
लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो। यो भूमि हुँदै व्यापार सञ्चालनका लागि भारतको विदेश मन्त्रालयले अनुमति दिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
‘विदेश मन्त्रालयले नो अब्जेक्सन लेटर जारी गरेपछि सीमा व्यापार पुनः सुरु गर्ने प्रक्रिया अगाडि बढेको छ,’ पीटीआईले लेखेको छ, ‘विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्यसचिव आनन्द वर्धनलाई पत्र लेखेर लिपुलेक पासबाट व्यापार पुनःस्थापित गर्न भनेका छन्।’ यसअघि नेपाली भूमि लिपुलेक हुँदै जाने व्यापार मार्गका विषयमा आफूलाई नसोधी भारत र चीनले सम्झौता गर्दा नेपालले विरोध गरेको थियो।
