काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने आजको बैठक अहिले बिहान ८ बजेदेखि सुरु हुनेछ ।
आइतबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राखिरहेका छन् ।
यसअघि शुक्रबारको बैठकमा अधिकांश सदस्यले राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखेका थिए । बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राखिरहेका छन् । अधिकांश सदस्य सभापति थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा छन् ।
