बुटवल । वर्षा पछि झरेको पहिरोले सिद्धार्थ राजमार्गको बुटवल(पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका– ३ दोभानको सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको हो ।
आज बिहानैदेखि परेको वर्षाले सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार पूर्व(पश्चिम राजमार्गमा पर्ने दाउन्ने सडकखण्डमा वर्षका कारणले बाटो चिप्लो भई दुवैतर्फको सवारी साधन पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सवारी साधनहरुलाई पाल्पा रुट हुँदै ड्राइभर्सन गरिएकोमा उक्त सडक समेत अवरुद्ध भएको छ । वर्षा भइरहेकाले अवरुद्ध सडक खुल्न केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
