काठमाण्डौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद ( ईद–उल–फित्र 0 का अवसरमा चैत ७ गते शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा उक्त दिन ईद पर्व परेको पुष्टि भएपछि बिदा दिने व्यवस्था गरिएको हो।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरिएको छ।
यसअघि राजपत्रमार्फत ईद(उल(फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको जनाउँदै सोहीअनुसार बिदा निर्धारण गरिएको मन्त्रालयले जनाएको छ। विज्ञप्तिअनुसार बिदा चैत ७ गतेका दिन देशभर लागू हुनेछ।
