काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा सांसद शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो ।

त्यस्तै खुश्वु ओलीलाई मुख्य सचेतकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । ओली समानुपातिक सांसद हुन् । राप्रपाबाट प्रत्यक्षमा राप्रपाले १ सिट मात्र जितेको थियो । संसदमा राप्रपाबाट ५ जना सांसदहरु रहने छन् ।
