जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा भएको अवसरमा ५१ वटा महत्वपूर्ण उपलब्धीहरू सार्वजनिक गरेका छन् । गत मंसिर १९ गते सात दलको समर्थनमा मधेश प्रदेश सरकारको नेतृत्वको जिम्मा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण कुमार यादवले पाएका थिए । सो दिनदेखि आजसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरधाममा पत्रकार सम्मलेन गरी मुख्यमन्त्री यादवले १ सय दिन ५१ काम भनेर आफ्नो नेतृत्वको सरकारले गरेको कामको विवरण सार्वजनिक गरेको हो ।
मुख्यमन्त्री यादवले प्रतिकूल राजनीतिक अवस्था र क्षतिग्रस्त भौतिक संरचनाका बीच पदभार ग्रहण गरेका मुख्यमन्त्री यादवले यस अवधिलाई ‘नागरिक अपेक्षा र आकाङ्क्षाको परीक्षा’ को रूपमा व्याख्या गरेका छन् । स्वास्थ्य क्षेत्रमा आमूल सुधार मुख्यमन्त्रीले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको विवरणमा दाबी गरिएको छ । उनले सो विवरणमा जनकपुर प्रादेशिक अस्पतालमा अब बिरामीले घरबाटै पुर्जा काट्न सक्ने र मोबाइलमै ल्याब रिपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको बताए ।
यस्तै, वर्षौँदेखि अलपत्र रहेको क्याथ ल्याब सुचारु गरिएको छ भने ४० बेडको डायलाइसिस सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । सातवटै प्रदेशमध्ये मधेशमा पहिलो पटक छुट्टै मानसिक स्वास्थ्य अस्पताल स्थापना गर्ने तयारी समेत पूरा भएको बताए । शिक्षा र पूर्वाधारको नयाँ मोडप्रत्येक निर्वाचन क्षेत्रमा एक नमूना सामुदायिक विद्यालय विकास गर्ने योजना अन्तर्गत पहिलो चरणमा १५ वटा विद्यालयमा काम सुरु भइसकेको छ । कर्मचारीका छोराछोरीलाई निजी विद्यालय पठाउने प्रवृत्ति रोक्न ’निजामती विद्यालय’ स्थापनाका लागि जग्गा प्राप्ति भइसकेको मुख्यमन्त्रीले जानकारी दिए ।
पूर्वाधारतर्फ ‘एक निर्वाचन क्षेत्र एक पुल’ र ५ किलोमिटर सडक’ निर्माणको योजनालाई प्रभावकारी रूपमा अघि बढाइएको छ । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन स्थानीय सरकार र पुरातत्व विभागसँग समन्वय गरी आवश्यक मापदण्ड ‘पीएमजेड’ तयार पारिएको छ । किसान र यातायात क्षेत्रलाई राहत किसानहरूको माग अगावै आगामी असारको रोपाइँका लागि मल र खाद्य आपूर्तिको व्यवस्था मिलाइएको प्रगति विवरण सार्वजनिक गरिएको छ ।
यातायात क्षेत्रमा ठूलो सुधार गर्दै ई–रिक्सा र ट्र्याक्टर चालकहरूका लागि लिखित परीक्षा नलिई सिँधै प्रयोगात्मक ९ट्रायल० परीक्षा मार्फत लाइसेन्स लिन पाउने कानुनी आधार तयार गरिएको छ । सामाजिक सुरक्षा र अन्य योजना प्रदेश सरकारले सम्पूर्ण नागरिकको दुर्घटना बीमा गरेको छ भने अतिविपन्नलाई २८ हजार थान कम्बल वितरण गरिएको छ । साथै, खेलकुदलाई प्रबद्र्धन गर्न पहिलो पटक ’मधेश प्रिमियम लिग’ आयोजना गर्ने र सबै वडामा क्रिकेट टुल सेट उपलब्ध गराउने प्रक्रिया पूरा भएको छ । मुख्यमन्त्री यादवले यी उपलब्धिहरू आगामी दिनमा अझ प्रभावकारी प्रतिफल हासिल गर्ने आधार मात्र भएको बताए ।
