काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणामसहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपति समक्ष बुझाउने तयारी तीब्र पारेको छ। समानुपातिकतर्फका नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेलगत्तै सोही दिन आयोगको टोली शीतल निवास जाने निश्चित भएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार चैत ५ गते बिहान ११–३० बजे आयोग परिसरमा समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ।
प्रमाणपत्र हस्तान्तरण लगत्तै अपराह्नसम्म राष्ट्रपतिलाई मतपरिणामको प्रतिवेदन बुझाउने आयोगको तयारी छ। आयोग स्रोतका अनुसार प्रत्यक्ष ९पहिलो हुने निर्वाचित हुने० र समानुपातिक निर्वाचन प्रणालीका लागि २ छुट्टाछुट्टै कम्युटरमा काम भइरहेको छ। प्रत्यक्षतर्फको नतिजा पहिल्यै आइसकेकाले त्यसको काम करिब सकिएको छ। समानुपातिकको प्रक्रिया टुंगिनेबित्तिकै दुवै प्रतिवेदनलाई एकीकृत गरी प्रिन्ट गरेर राष्ट्रपतिलाई बुझाइनेछ।
शपथ पछि मात्र सरकार गठनसम्म
आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठन र संसदीय प्रक्रियाको औपचारिक ढोका खुल्नेछ। यसका लागि संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले काम थाल्नुपर्छ। नेपालको संविधानको धारा ९१ ९५० बमोजिम प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्नेछन्। सोही व्यवस्था र संसदीय परम्पराअनुसार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीलाई राष्ट्रपतिले शपथ गराउनेछन्।
संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले बैठकमा भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्छ। ज्येष्ठ सांसद केसीले नै अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनेछन्। प्रतिवेदन प्राप्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ नयाँ सरकार गठनका लागि दललाई आह्वान गर्नुपर्छ। आयोगको प्रतिवेदनमा सबैभन्दा ठूलो दलको रूपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सरकार गठनका लागि पहिलो अवसर प्राप्त गर्नेछ। राष्ट्रपतिले ७६ ( १ ) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गर्नेछन्।
प्रतिवेदन बोकेर चैत ५ मा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी शीतल निवास जानेछन्। उनीसँगै आयुक्तहरु जानकीकुमारी तुलाधर, सगुन सम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतसहितको टोली शीतल निवास जाने तय भइसकेको छ। हामीले गर्ने काम सकेपछि सरकार गठनको काम उहाँहरुको जिम्मेवारी हो। हाम्रो काम सकिन्छ घिमिरे भन्छन्। नयाँ संसदको अधिवेशन बोलाउने काम राष्ट्रपतिको हो।
