काठमाडौं । जेन(जी आन्दोलनका घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै जेन(जीहरूले माइतीघर मण्डलामा दबाबमूलक प्रदर्शन गरेका छन् । जेनजी फ्रन्टकी संयोजक रक्षा बमलगायत जेन(जी मुभमेन्ट अलायन्सले ‘कलमले लेखेको सत्यलाई सत्ताको कैँचीले नकाट, कार्की आयोगको पूरा प्रतिवेदन खै रु, जेन(जीको न्यायका लागि प्रतिवेदन सार्वजनिक गर’ लगायतका पर्चा(पम्पलेट बोकेर प्रदर्शन गरेका छन् ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुन विशेषज्ञ विश्वेश्वर भण्डारी नेतृत्वको टोलीले फागुन २४ गते मात्रै जेन(जी आन्दोलनको छानबिन प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई हस्तान्तरण गरेका छन् । उक्त प्रतिवेदन कार्यान्वयका लागि आज क्याविनेट बस्दैछ ।
सरकारले जेनजी आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको थियो । उक्त समितिले सरकारलाई प्रतिवेदनसमेत बुझाइसकेको छ ।
