काठमाडौं । श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको नाम सार्वजनिक गरेको छ । हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत् निर्वाचन आयोगमा पठाइएको नामावली सार्वजनिक गरेका हुन् ।
श्रम संस्कृति पार्टीले आदिवासी जनजाति महिलातर्फ पूर्णप्रसाद लिम्बू, खस आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी महिलाबाट रुवीकुमारी ठाकुरको नाम बुझाएको छ ।
यो पार्टीले प्रत्यक्षमा ३ सीट जितेको छ । 
