काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदको नाम निर्वाचन आयोगमा सिफारिश गर्नको लागि बैठक बसेको हो । राप्रपाले समानुपातिकतर्फ ४ सिट प्राप्त गरेको छ ।
प्रत्यक्षमा भने जुम्लाबाट ज्ञानबहादुर शाहीले जितेका छन् । अब प्रतिनिधिसभामा राप्रपाको जम्मा ५ जना सांसदको प्रतिनिधित्व हुनेछ ।
०७९ को निर्वाचनमा राप्रपा १४ सिटसहित पाँचौ स्थानमा थियो । यसपटक भने जम्मा ६ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन् । जसमा राप्रपा सबैभन्दा पुछारमा छ । राप्रपाभन्दा माथि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी छ । उसको ७ सिट छ ।
