भक्तपुर । नेकपा ९एमाले०ले समानुपातिक सांसद चयन गरेको छ। शनिबार भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले सामानुपातिक सांसद चयन गरेको एमलो सचिव महेश बस्नेतले जानकारी दिए।
बैठकले सबै क्लस्टरबाट नाम छनोट गरेको हो। भदौ २३ र २४ गते भएको घटनासहितका विभिन्न राजनीतिक घटनाक्रम तथा पार्टी नेतृत्वमाथि भएको आक्रमणलाई जनतामाझ स्पष्ट रूपमा राख्न नसक्दा जनमत प्रतिकूल गएको बुझाइ बैठकमा व्यक्त भयो ।
उनले भने, ‘हामीले गरेका काम जनतासम्म पुर्याउन सकेनौँ । भदौ २३ गतेको घटना पनि जनतासँग प्रस्ट पार्न सकेनौँ, त्यसैले हार बेहोर्नुपर्यो । ती घटनाक्रममा पार्टी नेतृत्वको भूमिका के थियो र पार्टीमाथि कसरी आक्रमण भयो भन्ने कुरा जनतामाझ लैजान सकेनौँ।’
जनजातिः ४ जना
महिला
भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
पुरुष
रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस आर्य स् ५ जना
महिला
पद्मा अर्याल
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल ९पिछडिएको क्षेत्र०
पुरुष
गुरुप्रसाद बराल
पुष्पराज कंडेल
थारु १ जना
कृपाराम राणा ९पुरुष०
दलित स् २ जना
महिला
विष्णुमाया बिके
नीता घटानी
मधेसीस् ३ जना
महिला
रिङ्ला यादव
यशोधा कुमारी यादव
पुरुष
चन्द्रेश्वर मण्डल
मुस्लिम १ जना
साजिदा सिद्दीकी ( महिला )
