अफगानिस्तान । अफगानिस्तानको तालिबान सरकारले शुक्रबार बिहान पाकिस्तानी सेनाले राजधानी काबुलसहित धेरै स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ। तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा लेखेका छन्, ‘पाकिस्तानी सेनाले कान्दहार विमानस्थलनजिकै रहेको निजी एयरलाइन्स काम एयरुको इन्धन भण्डारलाई निसाना बनाएको छ।’
उनका अनुसार उक्त कम्पनीले घरेलु एयरलाइन्सका साथै संयुक्त राष्ट्रसंघको विमानलाई इन्धन आपूर्ति गर्छ। तालिबान सरकारका प्रवक्ता मुजाहिद अगाडि लेखेका छन्, ‘हाजी खान जादा नामका व्यापारीको इन्धन भण्डारलाई पनि पहिले निसाना बनाइएको थियो।’
उनले आक्रमण र अपराधलाई निरन्तरता दिँदै पाकिस्तानी सेनाले फेरि काबुल, कान्दहार, पक्तिया, पक्तिका र अन्य क्षेत्रमा बमबारी गरेको आरोप लगाएका छन्।उनले लेखेका छन्, ‘केही ठाउँमा उनीहरूले नागरिकका घरलाई निसाना बनाए, महिला र बालबालिकाको हत्या गरे। अन्य स्थानमा खाली मरुभूमि र गैरआवासीय क्षेत्रमा प्रहार गरे।’
