काठमाडौं । नेकपा ( एमाले ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
ओलीले मुखाग्नि दिएका छन् । मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको हो ।
अन्त्येष्टिअघि मोहनप्रसदको शव अस्पतालमा नै श्रद्धाञ्जलीको लागि राखिएको थियो ।
सो अवसरमा विभिन्न दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए ।
पशुपति आर्यघाटमा अन्त्येष्टिको क्रममा पनि विभिन्न दलका शीर्ष नेताहरु पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
