काठमाडौं। सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धानमा सीआईबीको टोली पनि खटिएको छ । सुर्खेत प्रहरीले अनुसन्धानको लागि सिआईबीसँग सहयोग मागेको थियो । सोहीअनुसार सीआईबीको टोली खटिएको बताईन्छ । परिवारले घटना रहस्यमयी भन्दै शव बुझ्ेको छैन ।
अधिकारकर्मीहरुले पनि इनिसाको न्यायको लागि आन्दोलन सुरु गरेका छन् । रास्वपाका नेता तथा नवनिर्वाचित सांसद खगेन्द्र सुनार पनि घट्नास्थलमा पुगेका छन् । परिवारलाई भेटेर न्यायिक छानबिन समिति बनाउनको लागि आवाज उठाएका छन् ।
