धरान । सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ। आगलागीबाट ३ वटा बस पूर्णरूपमा क्षति भएको छ। अन्य ३ वटामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।
गएराति धरान उपमहानगरपालिका( ८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले विद्युत ‘सट’ भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए।
उनका अनुसार को। १ ख ६२७४ नम्बरको कृष्ण बसबाट आगलागी भएको थियो। यही बसबाट अन्यमा पनि आगो फैलिएको पाइएको छ। प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा. ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पनि पूर्णरूपमा जलेको छ। को १ ख ३८४७ नम्बरको सुपर मादेन, बा. ५ ख ५८१४ बस, र बा. ५ ख ५८०९ नम्बरको बसमा आंशिक क्षति पुगेको छ।
