खोटाङ । खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई १६ हजार ६१२ मतको साथ निर्वाचित भएका छन्। नेकपा ( एमाले ) को देवविक्रम राईले बाह्र हजार ७१४, नेपाली कांग्रेसको बिरकाजी राईले एघार ९५७, नेपाली कम्युनिष्ट पार्टीका हरि रोकाले नौ हजार ४४३ र घण्टीले पाँच हजार ७०४ मत पाएको जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन्।
बयसट्ठी हजार ५६६ मतगणना भएकोमा अठाउन्न हजार ६३८ सदर मत र तीन हजार ९२८ बदर मत रहेको छ।
प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदाता छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता छन्।
