नेपालगंज। बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राई फराकिलो मतान्तरसहित विजयी भएर लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्र र देशमै पहिलो विजयी दर्ता गरेका छन्।
निर्वाचनकै मुखमा एमाले प्रवेश गरेका रास्वपा र नेपाली कांग्रेसका उम्मेदवारलाई पछाडि पार्दै जित दर्ता गराएका हुन् । राईले २४ हजार ६ सय २६ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५ सय ८१ मत ल्याएका थिए । यहाँ नेपाली कांग्रेस तेस्रो स्थानमा छ । कांग्रेसका उम्मेदवार सुधान्सु कोइरालाले १७ हजार ५ सय ९० मत प्राप्त गरेका छन् ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उम्मेदवार ऋषिराज देवकोटाले १ हजार २ सय ८६ मत हासिल गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र विष्ट जम्मा १ हजार १५ मतसहित पाँचौँ स्थानमा छन् । इस्तियाकको जितसँगै एमालेले पहिलो खाता खोलेको हो । यो क्षेत्र एमालेको कमजोर क्षेत्र मानिएको थियो । यहाँ यसअघि राप्रपालाई सघाएर धवल शमशेर राणाले जितेका थिए ।
