काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमो मतगणना जारी रहँदा दुई तिहाई बहुमततर्फ अग्रसर भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले शनिवार बिहान ८ बजेसम्म २० सीट जितिसकेको छ । रास्वपा ९९ वटा क्षेत्रमा अग्रता लिइरहँदा अधिकांश क्षेत्रमा फराकिलो अग्रता भएकाले ती सबै सीट जित्ने सम्भावना छ ।
हिलेसम्मको रुझान हेर्दा रास्वपा प्रत्यक्षतर्फ नै १३० कटाउने अवस्थामा देखिन्छ भने यहि अनुपातमा समानुपातिक मत आउँदा उसको दुई तिहाई बहुमत पुग्ने आँकलन गर्न सकिन्छ ।
