धनुषा । निर्वाचन आयोगले रास्वपाको तर्फबाट धनुषा–१ मा उम्मेदवार रहेको किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको छ । कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको स्पष्ट पारे ।
उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकोले उनको उम्मेदवारी आयोगबाट खारेज भएको हो । रास्वपाले भने साहलाई आम नागरिकको हितलाई प्राथमिकतामा दिने, पारदर्शी र सहभागी नेतृत्वकर्ताको रुपमा चिनाएको थियो ।
