काठमाण्डौं ।नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न सभापति गगन कुमार थापा आज सुर्खेत आउने भएका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको घण्टाघर डबलीमा कांग्रेसले आज सभा गर्दैछ। कांग्रेस निर्वाचन प्रचारप्रसार समिति सुर्खेतका अनुसार बिहीबार दिउँसो १२ बजेबाट सुरु हुने सभालाई पार्टी सभापति थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने कार्यक्रम छ।
चुनावी सभालाई सफल पार्न १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रका उम्मेदवार तथा जिल्लाका नेता–कार्यकर्ताहरु वीरेन्द्रनगर सुर्खेत पुगिसेकेका निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ।
कांग्रेस सभापति थापा सर्लाही ४ मा उम्मेदवार छन्। उनी आफ्नो क्षेत्रको चुनाव प्रचार छाडेर आफ्नो पार्टीको पक्षमा मत माग्दै देशका विभिन्न ठाउँमा पुगिरहेका छन्।
