काठमाडौँ । दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौँमा मोटरसाइकल र्याली निकालिएको छ। आइतवार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका राजावादीहरूले प्रसाईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै उक्त र्याली निकालेका हुन्।
उनीहरूले प्रसाईंलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रसाईंलाई यही फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो।
सोही पक्राउको विरोधमा हिन्दुराज्य नेपाल कायम गरौँ भन्ने मूल नारासहित र्यालीका सहभागीहरूले गणतन्त्रविरोधी नारा लगाएका थिए। माइतीघर मण्डलाबाट शुरु भएको उक्त र्यायाली भद्रकालीमा पुगेर समापन भएको थियो। ।
