काठमाडौँ ।आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी विभिन्न जिल्ला जाने क्रम शुरु भएको छ।
आइतबार महाराजगञ्जस्थित १ नम्बर गणबाट निर्वाचनको सुरक्षाका लागि मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिराहा, पर्सा, सप्तरी, सर्लाही रौतहट लगायत विभिन्न जिल्लामा खटिनका लागि प्रहरी बिदा भएका हुन्।
निर्वाचन सुरक्षार्थ ३ हजार भन्दा बढी प्रहरीलाई पहिलो चरणमा विभिन्न जिल्लामा खटाइएको छ।
