काठमाडौं । नेकपा ९एमाले० को आम निर्वाचन–२०८२ को प्रेस संयोजक मीनबहादुर शाहीले दाङमा बिहीबार राति रास्वपाका कार्यकर्ताले एमालेको ‘सूर्य अंकित’ झण्डा जलाएको घट्नाप्रति गम्भीर ध्यानकार्षण गराएका छन् ।
आज ( शुक्रबार ) एक विज्ञप्ति जारी गर्दै शाहीले झण्डा जलाउने कार्यबाट निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएकोले तत्काल निर्वाचन आयोगले सम्बन्धित दललाई तत्कालै स्पष्टीकरण लिई उनीहरुको जवाफ सार्वजनकि गर्न माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,‘यदि झण्डा जलाउने दल र त्यसका कार्यकर्ताहरुमाथि कानूनी कारबाही नगरिए त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थिति र घटनाको जिम्मेवार सरकार, निर्वाचन आयोग र झण्डा जलाउने दल रास्वपा हुने पनि यसै विज्ञप्तिमार्फत जानकारी गराईन्छ ।’
