काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेनले आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी नभए देश जेनजी आन्दोलनको भन्दा ठूलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन्। आइतवार काठमाडौंका पार्टीका उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो चेतावनी दिएका हुन्। अध्यक्ष लिङदेनले देशलाई दुर्र्घटनामा फस्न नदिन पनि आम मतदाताले राप्रपालाई विजयी गराउनै पर्ने जिकिर गरे।
उनले राप्रपाले कुनै धम्की दिने पक्षमा नरहेको उल्लेख गर्दै देशलाई बचाउनका लागि निर्वाचनमा विजयी गराउनुपर्ने बताए। राप्रपाले देशलाई दुर्घटनाबाट बचाउनका लागि निर्वाचनलाई उपयोग गर्ने नीति लिएको अध्यक्ष लिङदेनको भनाई थियो ।
अध्यक्ष लिङदेनले फेसबुकलगायतका सामाजिक सञ्जाललाई हेरेर मतदान गर्न नहुने समेत बताए।
