काठमाडौं । चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । रास्वपाका वरिष्ठ नेता बालेन शाहको चुनावी प्रचारको क्रममा सँगै हिँडेको बेलामा सिटौला अछाममा बेहोस भएका थिए ।
उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौं ल्याईएको छ । आज धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सिटौलाको निधन १२ बजेर ४५ मिनेटमा भएको जानकारी गराएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह ( बालेन ) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुनस् प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोजेटिभ थियो, जसले स्वतस् श्वासप्रश्वास नभएको जनाउँछ । र उहाँको १२स्४५ बजे निधन भएको जानकारी गराउँछौं ।’
