काठमाडौं । जनतमत पार्टीका अध्यक्ष तथा पूर्व सांसद डा। सिके राउतले मधेशले रास्वपालाई परास्त गर्ने दाबी गरेका छन् । उनले रास्वपाले केन्द्रीय समितिबाट संघीयता खारजे गर्ने निर्णय गरेको स्मरण गराउँदै अब मधेशले संघीयता विरोधी शक्तिलाई परास्त गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले सयकडौं शहीदको बलिदानी, लाखौं आन्दोलनकारीको संघर्ष र दशकौंको आन्दोलनपश्चात् संघीयता आएको दाबी गरेका छन् । पार्टी वा कुनै एक व्यक्तिले मधेशको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिले चल्ने नभएर पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीतिले चल्ने भएकोले रास्वाले यसअघि केन्द्रीय समितिबाट नै संघीयता खारेजीको प्रस्ताव पारित गरेको पनि स्मरण गराएका छन् । अब मधेशले रास्वपाजस्ता संघीयताविरोधी शक्तिलाई पराजित गरेर अघि बढ्ने स्पष्ट पारे ।
उनले लेखेका छन्–
संघीयता खारेज गर्ने निर्णय केन्द्रीय समितिबाट गर्ने दल चाहिँदैन
सैकडौं शहीदको बलिदानी, लाखौं आन्दोलनकारीको संघर्ष र दशकौंको आन्दोलन पश्चात संघीयता आएको हो। मधेशले संघीयता विरोधी शक्तिलाई परास्त गर्ने नै छ। पार्टी कुनै एक व्यक्तिले मधेशको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिले चल्ने होइन, पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीतिले चल्ने हो ९ संघीयता खारेज गर्नु रास्वपाको निरन्तरको एजेण्डा रहँदै आएको छ, सो पार्टीले बैठकबाट निर्णय नै गरेको कुरा हो। यसर्थ मधेश यी संघीयता विरोधी शक्तिलाई पराजित गर्दै अगाडि बढ्नेछ। त्यो नै मधेशी शहीदको सम्मान हुनेछ।
निकास र विकासको लागि एउटै विकल्प लाउडस्पीकर ३हर्न छाप📢
देश र ३प्रदेशको एउटै समाधान (– हर्न छापमा मतदान📢
अब की बार – जनमत की सरकार
