काठमाडौं । नेपाली कांग्रेसले ५ मापदण्डको आधारमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ। केन्द्रीय समितिको बैठकपछि ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति विश्वप्रकाश शर्माले बताए।
उनका अनुसार ती मापदण्ड व्यक्तिको पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजन रहेका छन्। उनले भने, ‘अहिले प्रधानमन्त्रीको उम्मेदवार भनेर आएका भन्दा कांग्रेसले अघि सारेका उम्मेदवार अब्बल हुनुहुन्छ।’ भावी प्रधानमन्त्रीको रूपमा एमालेले अध्यक्ष केपी ओली, रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई अघि सारेको छ।
सभापति थापा आगामी चुनावमा सर्लाहीबाट चुनाव लड्दै छन्।
