झापा । आसन्न प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गर्न पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली झापा आएका छन् । भद्रपुर विमानस्थलमा उनलाई कार्यकर्ताले भव्य स्वागत गरे ।
जेनजी आन्दोलनपछि सत्ताच्यूत बनेका ओली जाँचबुझ आयोगको स्थान हद फुकुवापछि पहिलोपटक काठमाडौं बाहिर निस्किएका हुन् । झापा ५ बाट उम्मेदवारी दिने तयारीमा रहेका उनले विमानस्थलमा सरकारले अझै चुनावी वातावरण बनाइनसकेको बताए ।
ओलीले भने, ‘मतदाताहरूमा त्रास, डर धम्की तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण अझै चुनावी वातावरण बनिसकेको छैन ।’ उनी यसअघि दमकमा आफन्तको घरमा बस्दै आएका थिए । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा(५ बाट उम्मेदवार बन्दै छन्।
