काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मान्यता दिएको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन्।
देउवा पक्षले आजै सर्वोच्च अदालतमा निर्वाचन आयोगको निर्णय खारेजीको मागसहित रिट पनि दिएको छ। निवर्तमान सभापति देउवानिकटहरूले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।
‘निर्वाचन आयोगको असंवैधानिक निर्णयविरूद्ध खबरदारी कार्यक्रम’ भन्दै संयुक्त भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाका पक्षमा नाराबाजी गरेका थिए।
