काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय सभाको बैठक बसेको छ। चार महिनापछि आज सिंहदरबारमा संघीय संसदको हिउँदे अधिवेशन अन्तर्गतको बैठक बसेको हो । संसद भवनको पुनःनिर्माण र निर्माणाधीन संरचनाको ढिलाइका बीच राष्ट्रिय सभाको बैठक लामो समयपछि आज सिंहदरबारमा बसेको संसद सचिवालयले जनाएको छ ।
आज बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेका थिए । बैठकमा राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ। अर्को बैठक आगामी शुक्रबार बस्ने गरी स्थगित भएको छ ।
भाद्र २४ गतेको ‘जेन–जी आन्दोलन’का क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आगजनी भएपछि र सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवन अझै नसकिँदा वैकल्पिक बैठक हल निर्माण गरिएको थियो।
