काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ ( क्यान ) ले शनिवार एक कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो ।
आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि टोलीले अभ्यास खेल खेल्नेछ ।
टोलीलाई क्यानका अध्यक्ष क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले शुभकामना दिए । टोली भोलि भारत प्रस्थान गर्दैछ ।
