काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार चयनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे बैठक बोलाइएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो लगाउने सम्बन्धमा छलफल हुने उनले बताए। रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न इच्छुक पार्टी सदस्यलाई आवेदन शुल्क २५ हजार रुपैयाँ तोक्दै आवेदन दिन आह्वान गरेको थियो।
रास्वपाले काठमाडौं महानगरपालिका मेयर बालेन शाह पक्षलाई समेटेर उम्मेदवारको सूची बनाउनेछ । कुलमान घिसिङको उज्याले नेपाल पार्टि एकता भएको १२ दिनमै एकताबाट अलग भएपछि बालेनसंगै एकतामा आएहरुलाई समेटेर उम्मेदवारको टुंगो लगाउने भएको हो ।
