काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारी निर्वाचन आयोग पुगेका छन् । कांग्रेसको अधिकारिकता दाबी गर्न सभापति थापासहितको टोली बिहीबार आयोग पुगेको हो । उनीहरू आवश्यक कागजातसहित कान्तिपथस्थित आयोग पुगेका हुन् । त्यसअघि थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बसेको थियो ।
केन्द्रीय समिति बैठकपछि पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी दस्ताबेज लिएर थापासहितका पदाधिकारी आयोग पुगेका हुन् । पुस २७ देखि ३० सम्म बसेको विशेष महाधिवेशन हलबाट पारित विधान, चुनावी प्रयोजनका लागि हस्ताक्षर बदल्ने र समानुपातिक सूची अद्यावधिक गर्ने निवेदन र विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको लिस्ट आयोगमा बुझाउने नेताहरूले बताएका छन् ।
