काठमाण्डौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी वैशाख अन्तिम साता गर्ने केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुमोदन गरिएको छ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले वैशाखमा १५औँ महाधिवेशन गर्ने निर्णय अनुमोदन गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। पुस पुस १८ गते बसेको कार्यसम्पादन समितिको बैठकले १५औँ महाधिवेशन आगामी वैशाख २८–३१ मा गर्ने गरी कार्यतालिका संशोधन गरेको थियो।
त्यसअघि गत मंसिरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २७–२९ सम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। तोकिएको समयमा प्रक्रिया अघि बढ्न नसकेपछि संशोधन गरेर वैशाखमा सारिएको थियो।
