काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति आज घोषणा हुँदैछ। कात्तिक १९ गते १० वटा वाम घटकहरू एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो।
अहिलेसम्म उक्त पार्टीमा १७ भन्दा बढी घटक र व्यक्तिहरू समाहित भएका छन्। पार्टी एकता भए पनि सबै पार्टीका अन्य कमिटी र जनवर्गीय संगठनहरू एक भइसकेका छैनन्।
मंगलबार केन्द्रीय समितिको घोषणासँगै केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समेत हुनेछ। कात्तिक २९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दर्जनभन्दा बढी वामघटकबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी बनेको हो । शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ।
