काठमाण्डौं । फेस अफ मारवाडी किड्स २०२६ प्रतियोगिता सम्पन्न भएको छ। मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको अवसरमा मारवाडी युवा मञ्च काठमाडौंको आयोजना पेज– ३ को सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो।
मारवाडी समुदायका बालबालिकाको अन्तर्निहित प्रतिभा पहिचान,आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ।
