काठमाण्डौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक सुरु भएको छ। आज बिहान ९ बजे कांग्रेसले पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य, प्रदेश सभापतिसहितको केन्द्रीय समिति बैठक आकस्मिकरुपमा आह्वान गरेको हो ।
बैठकमा पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद, पूर्वमन्त्री तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधनमा श्रद्धाञ्जलीलगायतका विषयमा छलफल हुने बताइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनबारे पनि छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक उपस्थित भएनन्। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा दुवै महामन्त्री अनुपस्थित भएका हुन्। पार्टी नेतृत्वसँगको असन्तुष्टिका बीच महामन्त्रीद्वयले बैठक बहिष्कार गरेको बुझिएको छ।
