काठमाण्डौं । बलिउड अभिनेता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। काठमाडौंस्थित एक क्यासिनो उद्घाटन गर्न उनी बिहीबार नेपाल आएका थिए। सञ्जयले विहिबार राती होटल बाराहीले संचालनमा ल्याएको बादशाह क्यासिनो उद्घाटन गरेका थिए ।
काठमाडौं आउने वित्तिकै धेरै नेपाली कलाकारले संजयसँग फोटो खिचाएका छन् । निजी जेट लिएर अभिनेता दत्त विहिबार अपरान्ह दुबईबाट काठमाडौं आएका हुन् । पशुपतिनाथको दर्शनपछि उनी नयाँ दिल्ली फर्किने तयारीमा छन् ।
उनी विहिबार राती लाजिम्पाटको दुसित प्रिन्सेस होटलमा बसेका थिए । हिजै खुमलटार पुगेर नेकपा संयोजक पुष्पकमल दाहाललाई भेटेका थिए । दाहालकी नातिनी स्मिताको विवाहमा आउन नपाएको र चाँडै आउने वचन दिएका उनी यसपटक भेट्न खुमलटार पुगेका थिए।
अहिले नेपालका हलमा संजय अभिनित दुई फिल्म ‘धुरन्धर’ र ‘द राजा साब’ प्रदर्शनमा छन् । दत्त आज नै भारत फर्किने कार्यक्रम छ। उनले थुप्रै चर्चित तथा सफल चलचित्रमा अभिनय गरेका छन्। प्रमुख चर्चित चलचित्रमा खलनायक, सडक, मुन्नाभाइ एम।बी।बी।एस।, लगे रहो मुन्नाभाइ, अग्निपथ, केजीएफस् च्याप्टर २ सहित रहेका छन्।
