काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रीकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रीकेट संघ क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।
नेपाल क्रिकेट संघ९क्यान०ले आइसिसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा मंगलबार क्यानले टोलीको घोषणा गरेको हो। विश्वकप स्क्वाडको उप कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन्।
अन्य खेलाडीहरूमा कुशल भुर्तेल, आशिफ शेख, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करन केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम समेटिएका छन्। नेपाल प्रीमियर लिग एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् ।
