बिराटनगर । कोशी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । नयाँ आठ जना मन्त्रीहरूले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । यस्तै दुई राज्यमन्त्रीहरूले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
नव नियुक्त मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवार, उर्जा, खानेपानी तथा सिंचाई मन्त्री तिलचन पाठक, उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रीमा भीम पराजुली, आन्तरिकमामिला तथा कानुनमन्त्रीमा इन्द्रमणि पराजुली रहेका छन् । यस्तै आर्थिक मामिला तथा योजना मन्त्रीमा बिदुर सुब्बा लिन्थेप, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो, स्वास्थ्य मन्त्रीमा मानबहादुर लिम्बु रहेका छन् ।
उद्योग कृषि तथा सहकारी मन्त्रीमा इजारयल मञ्सुरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा उमाकान्त गौतम र भौतिक पूर्वाधार मन्त्रालयको राज्यमन्त्रीमा शोभा पालुङ्वा लिम्बु रहेकी छन् ।
