काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन २१ मा हुने चुनावी घोषणापत्र आफै लेख्ने भएका छन्।आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको उपमहासचिव लेखराज भट्टले बताए। कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको उनले बताए।
नेकपा एमालेले आफ्ना नेताहरूको कार्य विभाजन गरेको छ। आज बसेको सचिवालय बैठकले निर्वाचन केन्द्रित कार्य विभाजनलाई स्पष्ट र प्रभावकारी बनाउने उद्देश्यले देशभरका भूगोलको जिम्मेवारी बाँडफाँट गरेको हो। सचिवालय बैठकले कोशी प्रदेशको संयोजकमा शेरधन राई, मधेश लीलानाथ श्रेष्ठ, बागमती महेश बस्नेत, राजधानी डा. राजन भट्टराई, गण्डकी खगराज अधिकारी, कर्णाली यामलाल कँडेल र सुदूरपश्चिम गणेश ठगुन्नालाई तोकेको छ।
यसैगरी, संगठन विभागको संयोजक भानुभक्त ढकाललाई तोकिएको छ। नेकपा एमालेले फागनु २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमान्डर बनाएको छ।