काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को ५८ औं केन्द्रीय समिति बैठकले पार्टी समायोजन प्रक्रियापछि केन्द्रीय समितिमा ७ जना सदस्य मनोनीत गरेको छ। आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले विभिन्न पार्टी तथा अभियानबाट आएका र पार्टीमा सक्रिय रहेका ७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।
मनोनीत भएका नयाँ केन्द्रीय सदस्यहरूमा समीक्षा बाँस्कोटा, रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा। आशुतोष प्रधान र धनेज थापा रहेका छन्। साथै, बैठकले पार्टी समायोजन तथा आगामी निर्वाचनलाई लक्षित गर्दै दुईवटा उपसमिति गठन गर्ने निर्णय गरेको छ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा योग्य उम्मेदवार छनोटको सुनिश्चितताका लागि पार्टी उपसभापति डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा ‘उम्मेदवार सिफारिस उपसमिति’ गठन गरिएको छ।
यस उपसमितिलाई योग्य उम्मेदवारको खोजी तथा छनोट प्रक्रियाको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ र पार्टी एकता र समायोजन प्रक्रियालाई सहजीकरण गर्दै तार्किक निष्कर्षमा पुर्याउन महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ‘पार्टी एकता समायोजन उपसमिति’ गठन गरिएको छ।
दुवै उपसमितिका अन्य सदस्यहरू पार्टी सचिवालयले मनोनीत गर्ने निर्णय भएको छ। यसैगरी, पार्टी एकीकरण र विस्तारका क्रममा विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न रास्वपाले विधान संशोधनमार्फत पदाधिकारीको सङ्ख्या थप गर्ने निर्णय गरेको छ। बैठकले उपसभापति १ जना, महामन्त्री १ जना, सहमहामन्त्री १ जना र सहप्रवक्ता १ जना थप गर्ने निर्णय गरेको हो।
