काठमाण्डौं । ट्रान्सपरेन्ट हव नेपाल प्रालिद्धारा संचालित ट्रान्सपरेन्ट खबर डटकमका अध्यक्ष बिना थापा कार्कीलाई मातृशोक परेको छ ।
काठमाण्डौ महानगरपालिका वडा नं १ नक्सालमा बस्दै आईरहनु भएकी अध्यक्ष कार्कीको आमा अम्बिका कार्कीको ७७ बर्षको उमेरमा २०८२ साल पौष १८ गते असामयिक निधनले भएको हो ।
दमकी रोगी रहनु भएकी कार्की केहीदिनको अस्पताल बसाई पछि निको भई घरमै बसीरहनु भएको थियो ।
पौष १८ गते बिहान उहाँको निधन भएको थियो । ट्रान्सपरेन्ट खबर परिवार स्वर्गीय कार्कीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दीक श्रद्धासुमन ब्यक्त गर्दछौं ।
