काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल आज दिल्ली जाँदैछन् । नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन उनी आज राति ८ बजे दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ।
माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलको एकता भएपछि भारतमा रहेका प्रवासी नेपाली संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन्। दिल्ली भ्रमणमाका क्रममा औपचारिक रुपमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने भने कार्यक्रम नरहेको सचिवालयले स्पष्ट पारेको छ।
नेपाली समाज भारतका अनुसार, भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकताबद्ध गर्दै उनीहरूमा सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । प्रचण्ड सोमबार साँझ नेपाल फर्कनेछन् ।नेपालमा चुनावी गतिविधि तीव्र भइरहेका बेला दाहालको भारत भ्रमणलाई कतिपयले चासोपूर्वक हेरेका छन्। उनी भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ।
