काठमाण्डौं । भेनेजुएलाले अमेरिकी हमलाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ। भेनेजुएलाका विदेशमन्त्रीले अन्तरराष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने बताएका छन्। छिमेकी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले उक्त हमलालाई लिएर गहिरो चिन्ता व्यक्त गरेका बीबीसीले जनाएको छ।
उनले आफ्नो जनसंख्याको सुरक्षा गर्न र भेनेजुएलाबाट आउन सक्ने मानिसहरूको व्यापक सङ्ख्यासँग जुझ्नका लागि सीमामा सेना तैनाथ गर्न आदेश दिएका छन्। कराकसमा सुरुवाती विस्फोटनको खबर आएदेखि नै पेत्रोले बारम्बार शान्ति र संवादको लागि आह्वान गर्दै आएका छन्।
उनले अर्गनाइजेसन अफ् अमेरिकन स्टेट्स ९ओएएस० र संयुक्त राष्ट्रसङ्घको तत्काल बैठकूको बोलाउन आग्रह गरेका छन्। कोलम्बिया र भेनेजुएलाबीच २,००० किलोमिटरभन्दा लामो स्थल सीमा छ। विगतदेखि नै दुई देशमा आर्थिक र सुरक्षा सङ्कट हुँदा लाखौँ मानिसहरूलाई एकअर्काका देशमा शरण लिन बाध्य पारेको इतिहास छ।
