काठमाडौं । रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच अन्तत ञब्रेक थ्रुझ भएको छ । हिजो निकै गोप्य ढंगले वार्तामा बसेर रातभरीमा उनीहरूले अन्तिम सहमति जुटाएर ७ बुदे सहमती गरीएको छ। रबि र बालेनले सहमती गर्दै गर्दा कुलमान भने छुटेका छन् । कुलमान, रबि र बालेनबिच सहमतीका लागि निकै छलफल चले पनि त्यो सफल भएन र अन्तमा रबि र बालेन मिल्दा कुलमान छुटेका हुन् ।
वार्ता भइरहेको भनेर अबेरसम्म पनि पत्रकारलाई जानकारी दिइएको थिएन । हस्ताक्षर समारोहमा दुवै पक्षका एक दर्जनजति व्यक्तिहरू उपस्थित थिए ।रास्वपाका दुई उपसभापति डा। स्वर्णिम वाग्ले र डीपी अर्यालको उपस्थिति थियो । वार्ता टोलीमा रहेका असिम साह र शिशिर खनाल थिए ।
असिमका दाइ चलचित्र निर्देशक तथा नायक आसिफ साह पनि थिए । बालेनको तर्फबाट कुमार बेन भुपदेव साह थिए । यस्तै बालेन निकटहरू निश्चल बस्नेत, केपी खनाल समेतको उपस्थिति थियो । यो हस्ताक्षर पछि बालेन पनि रास्वपाका नेता बनेका छन् ।
