काठमाडौं । जेनजी आन्दोलनका अगुवामध्ये एक मिराज ढुंगाना नेतृत्वको समूहले भोलिबाट सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यो समूहले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
यो सरकारले युवाहरुको भावना बुझ्न नसकेको र जनपक्षीय काम गर्न नसकेको उनीहरुको आरोप छ । यो समूहले देशव्यापी रुपमा आन्दोलन हुने चेतावनी दिएको छ । काठमाडौंमा भने भोलि सोमबारबाट माइतीघर मण्डलाबाट विरोध तथा प्रदर्शन सुरु हुने कमन जेनजी नेपालका अध्यक्ष विकेश साह ले जानकारी द्यिए ।
साहकाअनुसार जिल्लामा जेनजीहरुले आन्दोलन गर्नेछन । उनीहरुले विभिन्न ७ बुँदे माग अघि सारेका छन् । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्नेपनि मुख्य माग समेटिएको छ ।
