काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ आइपुगेका छन्।
उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर ठूलो संख्यामा रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूको उपस्थिति रहेको थियो। लामिछाने विमानस्थलबाट बाहिरिँदा उनका समर्थकहरूले नाराबाजी गर्दै भव्य स्वागत गरेका छन्।
सभापति रवि लामिछाने जेनजी आन्दोलनका शहीद परिवारलाई भेट्न पुगेका छन् । विमानस्थलमा समर्थकहरूको भव्य स्वागत पछि उनी सिधै बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए । सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उनको भनाइ छ ।
