चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएपछि चितवनमा सार्वजनिक कार्यक्रममा सरिक भए । पार्टीले आयोजना गरेको चौविसकोठीको कार्यक्रममा उनले कारको हुटमा उभिएर सम्बोधन गरेका थिए ।
उनले सो क्रममा देशमा परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए । तर, चुनावको लागि मात्रै हो भने सहकार्य नहुने उनको प्रतिक्रिया छ । उनले चितवनले आफूलाई सधैं न्याय गरेको पनि बताए । उनले परिवर्तनको लागि देशका मिल्नुपर्नेहरु एक ठाउँमा उभिने र मिलेरै छोड्ने पनि घोषणा गरे ।
लामिछानेले अब जेनजी युवा पुस्ताको साथ लिएर देश निर्माण गर्ने बताए । उनले भने,‘हामी चुनाव कुरेर बसेका थियौँ, तर जेन–जीले बीचमै सरकारलाई तागत देखाइदियो, सिंहदरबार पनि बनाउँला, न्यायालय पनि बनाउँला तर वर्षौँदेखि खोसिएको हाम्रो सपना कसले बनाउँछ रु म भन्छु–अब हामी बनाउँछौँ। जेन–जीको साथ बोकेर अब देश बनाउन हामी लाग्छौँ,रास्वपा लाग्छ ।’
