काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएको निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेका छन्। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारबाट सिफारिस आएको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ( पहिलो संशोधन) अध्यादेश, २०८२’ राष्ट्रपति पौडेलले जारी गरेका हुन्।
सरकारले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा निर्णय गरेर निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
